कृषि विकास बैंक कर्मचारी संघ, नेपालमा स्वागत छ।

" बिशुद्ध पेशागत हकहितका लागि कर्मचारी एकता , पारदर्शी र गतिशिल ब्यवस्थापन आजकाे आवस्यकता "

कृषि विकास बैंक कर्मचारी संघ, नेपाल २०४६ साल चैत्र ३१ गते उत्तम नारायण श्रेष्ठको संयोजकत्वमा स्थापना भयो, जसको मुख्य उद्देश्य बैंक भित्र रहेका कर्मचारीहरूको हक र अधिकारको संरक्षण गर्नु थियो । संघको पहिलो महाधिवेशन २०४७ साल फागुन २७ देखि २९ गतेसम्म काठमाडौंमा सम्पन्न भई त्यसबाट उत्तम नारायण श्रेष्ठको नेतृत्वमा केन्द्रीय समिति गठन भयो । त्यसपछिको दोस्रो महाधिवेशन २०५२ साल जेठ २६–२७ र तेस्रो महाधिवेशन २०५४ जेठ २७–२९ मा काठमाडौंमा सम्पन्न भई अध्यक्षमा भोजराज भट्टराई निर्वाचित हुनुभयाे । चौथो महाधिवेशन २०५६ असार १–३ मा काठमाडौंमा सम्पन्न भई अध्यक्षमा ताराखर अधिकारी निर्वाचित हुनुभयाे । पाँचौं महाधिवेशन २०५८ बैशाख १२–१४ मा सिद्धार्थनगरमा सम्पन्न भयो, भने छैठौं महाधिबेशन २०६१ बैशाख ११–२० र सातौं महाधिबेशन २०६४ बैशाख ५–७ मा काठमाडौंमा सम्पन्न भई कवि प्रसाद पाठकले तीन कार्यकाल नेतृत्व गर्नुभयाे । आठौं महाधिवेशन २०६६ फागुनमा सम्पन्न भई जिवलाल बस्यालको नेतृत्वमा समिति गठन गरियो । नवौं महाधिवेशन २०६९ फागुनमा सम्पन्न भई अध्यक्षमा योगेन्द्र बहादुर सिंह  निर्वाचित हुनुभयाे । त्यसपछि २०७२ माघमा सम्पन्न दशौं महाधिवेशनबाट कुलप्रसाद शर्माको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय समिति गठन गरियो । २०७५ कार्तिक १३ गते कृषि विकास बैंक कर्मचारी संघ, नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठनबीच एकीकरण भई मोहिनी खनालको संयोजकत्वमा नयाँ एकीकृत समिति गठन भई संगठनको नाम कृषि विकास बैंक कर्मचारी संगठन, नेपाल रह्यो ।


२०७८ फागुन ४ गते लिला क्षेत्री जिसीको नेतृत्वमा पुनरगठन गरिएको कृषि बिकास बैंक कर्मचारी संघ, नेपालले २०७९ चैत्र १७–१९ गते भक्तपुर बोडेमा सम्पन्न एघारौं महाधिवेशनबाट लिला जिसीकाे नेतृत्वमा नयाँ केन्द्रीय समिति गठन भयाे । २०८१ साल चैत्र ११–१३ मा पोखरामा सम्पन्न १० ओै केन्द्रीय  केन्द्रीय परिषद् बाट छगेन्द्र आचार्यको नेतृत्वमा संघ अगाडि बढिरहेको छ । 


पछिल्लो समय कर्मचारी संघप्रति कर्मचारी साथीहरूको आकर्षण व्यापक रूपमा बढेको छ । हामीले कर्मचारी हक–अधिकारको रक्षा, आधिकारिक ट्रेड युनियनको निर्वाचन, सेवा सुरक्षाको प्रत्याभूति, कार्य वातावरणमा सुधार, संस्थाको समग्र विकास तथा संस्थागत सुशासनको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छौँ । कर्मचारी साथीहरूले गर्नुभएकाे विश्वासलाई केन्द्रमा राखी आगामी दिनमा अझ रचनात्मक र प्रभावकारी रूपमा प्रस्तुत हुने हाम्रो प्रतिवद्धता रहनेछ ।