दृष्टिकोण (Vision), मिशन (Mission)

उद्देश्य (Objectives), मूल्य–मान्यता (Core Values)


दृष्टिकोण (Vision)

“सशक्त कर्मचारी, सक्षम संस्था, समृद्ध राष्ट्र”
कर्मचारीको सम्मान र सशक्तीकरणमार्फत बैंकको कार्यसम्पादन सुधार गर्दै समृद्ध राष्ट्र निर्माणमा योगदान पु¥याउने।


मिशन (Mission)

    कर्मचारीको हित सुरक्षित राख्दै, संस्थाको प्रणाली, प्रक्रिया र सेवामा गुणात्मक सुधारका लागि साझेदार भूमिका खेल्ने।
    सहकार्य, संवाद र समानतामा आधारित श्रमिक नेतृत्व विकास गर्ने।
    बैंक र राष्ट्रको साझा लक्ष्यमा सक्रिय सहयात्रा गर्ने।


उद्देश्य (Objectives)

संघको मूल उद्देश्य कर्मचारी अधिकार सुनिश्चित गर्दै संस्थागत समृद्धिमा योगदान गर्नु हो ।
    कर्मचारीहरूको पेशागत, सामाजिक र आर्थिक अधिकारको संरक्षण।
    संस्थाको सेवा सुधार र सुशासनमा रचनात्मक सहयोग पु¥याउने।
    तालिम, क्षमता अभिवृद्धि, क्षमताविकास र नेतृत्व विकासमा सहकार्य गर्ने।
    समावेशी प्रतिनिधित्व र सहभागितामूलक निर्णय प्रणाली लागू गर्ने।
    श्रम सम्बन्ध सुधार गर्दै संस्थागत स्थायित्वमा योगदान दिने।
    श्रमिक–प्रशासन सम्बन्धलाई सुदृढ गर्दै श्रम–मैत्री वातावरण निर्माण गर्ने।
    कर्मचारीका माग, सरोकार र सुझावलाई नीति तहमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने।
    बैंकको संस्थागत विकास, सेवा सुधार र प्रणालीगत पारदर्शिता प्रवद्र्धनमा सहकार्य गर्ने।
    युवा, महिला र सबै वर्गका कर्मचारीलाई नेतृत्व विकासका अवसर प्रदान गर्दै समावेशी संगठन निर्माण गर्ने।
    कर्मचारी आवाजलाई नीतिगत तहमा प्रभावकारी ढंगले प्रस्तुत गर्ने।
    समानता, पारदर्शिता र सहभागितामा आधारित नेतृत्वको अभ्यास गर्ने।
    सेवा प्रवाहमा गुणस्तर वृद्धि र ग्राहक सन्तुष्टिमा जोड दिने।


मूल्य–मान्यता (Core Values)

समानता र समावेशिता
पारदर्शिता र जवाफदेहिता
प्रगतिशील सोच र न्यायपूर्ण दृष्टिकोण
पेशागत निष्ठा र उत्तरदायित्व
सामूहिक निर्णय र सहकार्य
प्रगतिशील र परिवर्तनशील सोच
कर्मचारीको आवाजलाई केन्द्रमा राख्ने नीति
संस्था–कर्मचारी–ग्राहक त्रिसूत्रीय सन्तुलन
संस्थाको दीर्घकालीन हितको संरक्षण