वैचारिक र कार्यगत आधार

वैचारिक र कार्यगत आधार


वैचारिक र कार्यगत आधार 

संघले आफ्नो कामकारवाहीमा निम्न आधारहरूलाई प्राथमिकता दिएको छः
    श्रमिकको सामूहिक शक्ति र संस्थाको दिगोपनबीच सन्तुलन
    संघ–व्यवस्थापन संवादसंस्कृति र सहकार्य
    सामाजिक न्याय, समान अवसर र समावेशी नेतृत्व
    तालिम, नेतृत्व, नीति सुझाव र सुधार कार्यक्रम
    संघलाई समस्याको स्रोत होइन, समाधानको सह–संस्थापकका रूपमा प्रस्तुत गर्ने।


संघको विशेषता (Distinctive Features):
    ५८ वर्ष पुरानो संस्थामा ३ दशकभन्दा बढीको श्रमिक आन्दोलनको अनुभव।
    सबै तहका कर्मचारीलाई समेट्ने समावेशी र समानुपातिक प्रतिनिधित्व।
    मुद्दा आधारित र समाधानमुखी नेतृत्व संस्कृति।
    कर्मचारीको पेशागत सुरक्षा र बैंकको संस्थागत विकासमा समान योगदान।
    शाखादेखि केन्द्रसम्म सशक्त संगठनात्मक उपस्थिति।
    राष्ट्रको विकास उद्देश्यसँग समन्वय गर्दै सहकार्य आधारित दृष्टिकोण।


आगामी यात्राको सङ्कल्पः

संघ आफूलाई आगामी दिनमा कृषि बिकास बैकका सम्पुर्ण कर्मचारीले बिश्वास गर्ने कर्मचारी संगठनको रूपमा रूपान्तरण गर्ने लक्ष्यमा छ, जसलेः
    क्र्मचारीहरुको सुनिश्चिता गर्ने ,
    तालिम, प्रविधि र उत्पादकत्व सुधारमा संलग्न हुने,
    कर्मचारीको आत्मबल, सम्मान र नेतृत्व विकास गर्ने,
    बैंकको “स्मार्ट“ रूपान्तरणमा सहकार्य गर्ने,
    राष्ट्रको आर्थिक समृद्धिमा वित्तीय प्रणालीमार्फत श्रमको योगदान सुनिश्चित गर्ने।
    संस्थाको सुधारको साझेदार,
    सेवाको गुणस्तरको निगरानीकर्ता,
    नीति निर्माणको सहयात्री,
संघले कर्मचारी हकहित संरक्षण गर्दै नीति निर्माण र बैंक सुधारमा साझेदारको भूमिका निर्वाह गर्दै आएको छ । डिजिटल सञ्चार र पारदर्शी कार्यशैलीबाट संघलाई दिगो र सशक्त संस्था बनाएको छ। संघले आफ्नो वैचारिक मूल्यमान्यताहरू – समानता, सामाजिक न्याय, समावेशिता र श्रम–केन्द्रित नेतृत्व – लाई अझ स्पष्ट र व्यवहारिक बनाउँदै आएको छ, जसले गर्दा संघले समाजमा सकारात्मक प्रभाव र बैंकमा विश्वासिलो साझेदारको भूमिका निर्वाह गर्न सक्षम भएको छ।

पुनःसंरचनापछि संघले कर्मचारी हकहितको संरक्षणसँगै बैंकको दीर्घकालीन सुधार, सेवा गुणस्तर वृद्धि र संगठनात्मक क्षमतामा योगदान दिन नयाँ ऊँचाइ हासिल गरेको छ।